अलपत्र सडक बारे नगरपालिकाको चासो

  • प्रकाशित मितिः कार्तिक २, २०७९
  • 443 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २–दिक्तेल–खोटाङ बजार सडक निर्माण अलपत्र परेको छ । निर्माणमा संलग्न कम्पनीले कामै नसकी छाडेर गएपछि अलपत्र परेको हो ।
दिक्तेल हस्पिटलचौकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्का लिएको निर्माण कम्पनीले काम गर्दा गर्दै छाडेको छ । पा“च करोड छ लाख ५५ हजार पा“च सय ९६ रुपैया“को लागतमा २०७९ पुस २० गतेभित्र सक्ने गरी उक्त ठेक्का ढुकुछु–बगाले बि.एन.टी निर्माण कम्पनीले २०७८ जेठ २० गते संझौता गरेको थियो । तर कामै नसकी फिल्ड छाडेर गएपछि सडक निर्माण अलपत्र परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।
सडक निर्माण अलपत्र छाडेर गएपछि निर्माण कम्पनीसंग सम्बद्धको खोजी गर्न र आवश्यक कारबाही गर्न असोज २८ गते संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तरगत सडक डिभिजन हर्कपुर पुगेको भट्टराईले बताए । ‘काम सक्नका लागि पटक–पटक अनुरोध गरियो तर नटेरेपछि हर्कपुर गएको हो ।’ भट्टराईले भने–‘काम नगरे कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइन्छ ।’
निर्माणमा संलग्न संजीव गुरुङले भने केही दिनमा काम सुरु गर्ने बताएका छन् । ‘पानीले गर्दा रोकिएको हो ।’ गुरुङले भने–‘अब केही दिनभित्रै काम सुरु हुन्छ ।’
दिक्तेल–खोटाङ बजार सडक अन्तरगत दुबेचिवा–साप्सुखोला प्याकेजको काम भने खर्चरै सुरु भएको छ । दुई करोड ९६ लाख ३७ हजार पा“च सय ८६ रुपैया“को लागतमा २०७९ माघ १५ गतेभित्र सक्ने गरी सगरमाथा सजिव आर एन जेवीले २०७८ चैत २८ गते संझौता गरेको थियो । म्याद सकिनुभन्दा दुई महिनाअघिनै सक्ने गरी काम भइरहेको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताए । सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख इन्जिनियर अरुणदेवलाल कर्णले काम सुचारु गराउ“नका लागि ताकेता गरिसकेको बताए ।
प्रदेश १ सरकारको १२ करोड ७२ लाख ९२ हजार चार सय ३७ रुपैया“को लागतमा निर्माणाधीन हुर्लुङ–जालपा सडक पनि अलपत्रै छ । १४ महिनामा सक्ने गरी २०७८ भदौ ३१ गते रौताहा–सुसन आदित्य जेवी निर्माण कम्पनीलेसंझौता भएको थियो ।
दिक्तेल अल्छेढुङ्गा–नेर्पा–दुम्ली सडक स्तरोन्नति पनि निर्माण पनि अपूरै छ । ७७ लाख १६ हजार चार सय ४८ रुपैया“को स्टीमेटमध्ये ४५ लाख १३ हजार नौ सय ६५ रुपैया“को लागतमा गत असार १६ गते सक्ने गरी २०७८ फागुन २६ गते उत्सव निर्माण सेवा प्रालि पा“चथरले संझौता गरेको थियो । म्याद सकिदा समेत काम भने ४० प्रतिशत मात्र सकिएको छ ।
लगलगे कन्ट्रक्सनले नै ठेक्का लिएको दिक्तेल हाटडाडा“–काफ्लेगाउ“ सडक पनि अलपत्रै छ । ८५ लाख नौ हजार ९४० रुपैया“को योजना स्टीमेटमध्ये ४६ लाख २२ हजार रुपैया“को लागतमा २०७८ असारमा सक्ने गरी लगलगे कन्ट्रक्सन चाबहिल काठमाडौंले २०७८ माघ २० गते संझौता गरेको थियो । नगरक्षेत्रभित्र ठेक्का लिएर काम नगर्ने अनि पटक–पटक म्याद थप गर्ने निर्माण कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याउ“ने नगरप्रमुख भट्टराईले बताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजारको लागतमा निर्माण थालिएको दिक्तेल–खानीडाडा“–आहाले सडक पनि अपूरै छ । २०७६ चैत ७ गतेसम्म काम सक्ने गरी याक्थुङहाङ–साप–सिरुवा जेभी निर्माण कम्पनीले २०७५ असोज १ गते संझौता गरेको थियो । अहिलेसम्म करिब ७५ प्रतिशत मात्र काम सकिएको निर्माणमा संलग्न खगेन्द्र राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित