उम्मेद्वारहरु चुनावी भेटघाटमा

  • प्रकाशित मितिः कार्तिक २, २०७९
  • 365 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २–प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरु चुनावी भेटघाटमा जुटेका छन् । वाम–लोकतान्त्रिक गठबन्धन, एमाले, जनता समाजवादी लगायतका उम्मेद्वार भेटघाटमा जुटेका हुन् ।
एमाले नेता विशाल भट्टराई भेटघाटमा छन् । कार्यकर्ता भेटघाट, प्रशिक्षण लगायतका गतिविधिमा व्यस्त छन् । उनले केपी ओली सरकारको पालामा सुरु भएका योजनाहरु पूरा गर्ने, दूधकोसी जलविद्युत आयोजना सम्पन्न गर्ने, प्रत्येक पालिकामा तीन वर्षभित्र पिच सडक पु¥याउ“ने, खानेपानी र विद्युत नपुगेको ठाउ“मा पु¥याउ“ने एजेण्डा लिएर गाउ“ पसेको बताए । यही एजेण्डालाई केन्द्रमा राखेर चुनावी मैदानमा होमिएको भट्टराईको भनाई छ । जिल्लाको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेकाले जित सुनिश्चित हुने भट्टराईको दाबी छ । जितका लागि जिल्लाभर भेटघाट र घरदैलो अभियान सुरु गरेको भट्टराईले बताए ।
वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका रामकुमार राई पनि भेटघाटमा व्यस्त छन् । उनले वर्तमान राजनीतिक मुलधार माओवादीसंग भएकाले जित सुनिश्चित भएको दाबी गरेका छन् । गणतन्त्र, संघीयता, समावेसी लगायतका मुलुक परिवर्तन गर्ने व्यवस्थाको संवाहक माओवादी हुनुका साथै मुलुकको लोकतान्त्रिक शक्ति कांग्रेस समेतको गठबन्धन भएकाले सजिलै जित हुने राईको तर्क छ । कृषिलाई व्यवसायीकरण, व्यवहारिक र सीपमुलक शिक्षा, विकास र समृद्धि जनताको घर–घरमा, सबै पालिकाको केन्द्रमा पिच सडक, जिल्ला र सबै पालिकामा सुविधा सम्पन्न अस्पताल, पर्यटन विकास, भ्रष्टाचार अन्त्य, गैंङ्गिक तथा सबैखाले विभेद अन्त्य लगायतका एजेण्डा अघि बढाइएको राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित