खोटाङका कांग्रेस नेताहरु बागीलाई भोट माग्न थाले

  • प्रकाशित मितिः आश्विन २७, २०७९
  • 443 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २७–जिल्लास्थित कांग्रेस नेताहरु गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका कांग्रेसका धर्मराज पोखरेललाई भोट माग्न थालेका छन् । जिल्लाको अवस्था नबुझी केन्द्रले प्रदेश १ खोटाङ (१)मा नेकपा एकीकृत समाजवादीको भागमा पारेको भन्दै गठबन्धन विरुद्ध लागेका हुन् ।
कांग्रेस जिल्ला समितिले निर्णय गरेरै पोखरेललाई उम्मेद्वार बनाएकाले जिताउ“न लागेको कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले बताए । गठबन्धनले खोटाङ (१) मा सहयोग गरे मात्र प्रतिनिधिसभामा कांग्रेसको सहयोग गर्ने राईले बताए । प्रदेश खोटाङ (१) मा सहयोग गरे मात्र गठबन्धनमा भोट हाल्ने वातावारण बनाउने राईको भनाई छ । नत्र अन्य दलसंग कुरा अघि बढाउने राईले सुनाए ।
गत असोज २२ गते काठमाडौंमा उपलब्ध खोटाङ कांग्रेसका नेताहरुको भेलाले प्रदेश सभा र प्रतिनिधिसभामा उम्मेद्वारी दिने निर्णय गरेको थियो । त्यसैलाई असोज २३ गते बसेको जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेर पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभामा र प्रदेश १ खोटाङ (१) मा महाधिवेशन प्रतिनिधिद्वय सुवाशकुमार पोखरेल र धर्मराज पोखरेलले उम्मेद्वारी दिएका थिए ।
प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेद्वारी दिएका सर्वधन र सुवाशले भने असोज २६ गते फिर्ता लिइसकेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा रामकुमार राई र प्रदेशसभा खोटाङ (१) मा एकीकृत समाजवादीका वीरबलकाजी राई तथा खोटाङ (ख) मा कांग्रेसका भूपेन्द्र राईले उम्मेद्वारी दिएका छन् । राई कांग्रेस प्रदेश १ महामन्त्री हुन् । उनी विरुद्ध भने उम्मेद्वारी परेको छैन ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित