'धर्मराज पोखरेललाई कारबाही भइसक्यो' : महामन्त्री राई

  • प्रकाशित मितिः आश्विन २६, २०७९
  • 558 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २६–पार्टीको निर्णय विपरित उम्मेद्वारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेल कारबाहीमा परेका छन् । कांग्रेसको विधान अनुसार निर्णय विपरित प्रदेश १ खोटाङ (१) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिएकाले स्वतः कारबाहीमा परेको कांग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्र राईले बताए ।
राईका अनुसार पोखरेललाई पाच वर्षसम्म कारबाही हुने छ । उनका प्रस्तावक, समर्थकलाई समेत कारबाही हुने राईले सुनाए । कांग्रेस जिल्ला कार्यसमितिले नै निर्णय गरेरै उम्मेद्वार बनाएको हो । खोटाङ कांग्रेसको अपमान हुने गरी केन्द्रले टिकट वितरण गरेको भन्दै गत २२ गते काठमाडौंमा उपस्थित नेताहरुको भेलाले उम्मेद्वारी दिने निर्णय गरेको थियो । त्यसैलाई जिल्ला कार्यसमितिले पनि अनुमोदन गरेर प्रतिनिधिसभा सदस्यमा पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राई, प्रदेश १ खोटाङ (१)मा कांग्रेस महाधिवेशन प्रतिनिधि सुवाशकुमार पोखरेल र खोटाङ (१) मै महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले उम्मेद्वारी दिएका थिए । उनीहरुमध्ये सर्वधन राई र सुवाशकुमार पोखरेलले भने उम्मेद्वारी फिर्ता लिइसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित