नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २६–वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विरुद्ध कांग्रेस नेता सर्वधन राई र सुवाशकुमार पोखरेलले हालेको बागी उम्मेद्वारी फिर्ता लिएका छन् । कांग्रेस केन्द्रले जिल्लाको अपमान हुने गरी टिकट दिएको भन्दै बागी हालेको उनीहरुले असोज २६ गते फिर्ता लिएका हुन् ।
गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका माओवादीका रामकुमार राई विरुद्ध पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राईले उम्मेद्वारी दिएका थिए । गठबन्धनको तर्फबाटै प्रदेश १ खोटाङ (१) बाट उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेद्वार विरबलकाजी राईका विरुद्ध कांग्रेस महाधिवेशन प्रतिनिधि सुवाशकुमार पोखरेलले उम्मेद्वारी दिएका थिए । महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले भने उम्मेद्वारी फिर्ता लिएका छैनन् । उनले प्रदेश १ खोटाङ (क) मै उम्मेद्वारी दिएका हुन् ।
कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीका अनुसार खोटाङ कांग्रेसको जनमत हुदा हुदै पनि केन्द्रले नेकपा एकीकृत समाजवादीको भागमा पारेकाले कांग्रेस जिल्ला समितिले निर्णय गरेरै उम्मेद्वारी दर्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित