गजलले ततायो समीक्षालय

  • प्रकाशित मितिः असोज २६, २०७९
  • 1120 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज २६–प्रख्यात गजल बाचिका सुमन स्मारिकाले जब गजल पस्कन सुरु गरिन्, तब समीक्षालयमा हल तालीको गडगडाहट र वाह–वाहको ओइरो लाग्दै गयो ।
हुन पनि कैलाली टिकापुरकी युवतीले गजल बाचन गर्दा खोटाङका युवायुवती रौसिन स्वाभाविक थियो । अचानो नेपालले असोज २५ गते आयोजना गरेको एकल बाचन कार्यक्रमा झण्डै तीन दर्जन गजल प्रस्तुत गरेकी थिइन ।
सम्बन्धहरुले बाध्छ जीवन, मलाई पर्खी बसेका आ“खा, कहा“सम्म होला मान्छेको सफर, फूल छर बाजा बजाउ, घरि–घरि लाग्ने गर्छ जिन्दगानी, मलाई आफ्नो पनि यति विश्वास हुन सक्दै लगायतका चर्चित गजल वाचन गरेकी थिइन् । कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईको प्रमुख अतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित