प्रदेश सदस्यमा एउटै वडाका तीन उम्मेदुवार चुनावी मैदानमा

  • प्रकाशित मितिः आश्विन २५, २०७९
  • 461 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २५–प्रदेशसभा सदस्यका लागि एउटै वडाका तीन जना चुनावमा भिड्ने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका तीन जना प्रदेश १ खोटाङ (क) मा भिड्ने भएका हुन् ।
एमालेको तर्फबाट पा“चकर्ण राई, वाम–गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राई र जनता समाजवादीको तर्फबाट राकेश राई चुनावी मैदानमा उत्रिएका हुन् ।

pradesh2
प्रदेश १ खोटाङ (ख) मा पनि एउटै पालिकाका दुई उम्मेद्वार चुनावी मैदानमा छन् । दिप्रुङ चुइचुम्मा गाउ“पालिका वडा नं–४ बतासेका रामप्रसाद दङ्गाल एमालेको तर्फबाट र वडा नं १ याम्खाका भूपेन्द्र राई वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट चुनावमा होमिएका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित