वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेद्वारी दर्ता

  • प्रकाशित मितिः असोज २३, २०७९
  • 441 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज २३–वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादीका नेता तथा प्रदेश १ खानेपानी, सिचाइ तथा उर्जा मन्त्री रामकुमार राईले उम्मेद्वारी दिएका छन् । उनीसंगै प्रदेश १ खोटाङ (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय विरबलकाजी राई र प्रदेश १ खोटाङ (ख) मा कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राईले उम्मेद्वारी दिएका छन् । उनीहरुले जिल्ला अदालत खोटाङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेद्वारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित