वाम–लोकतान्त्रिक गठबन्धन विरुद्ध कांग्रेस नेताहरुले दिए बागी उम्मेद्वारी

  • प्रकाशित मितिः आश्विन २३, २०७९
  • 395 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विरुद्ध कांग्रेस नेता सर्वधन राई, सुवाशकुमार पोखरेल र धर्मराज पोखरेलले बागी उम्मेद्वारी दिएका छन् । कांग्रेस केन्द्रले जिल्लाको अपमान हुने गरी टिकट दिएकाले बागी उम्मेद्वारी दिनु परेको उनीहरुले बताएका छन् ।

subash1
गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका माओवादीका रामकुमार राई विरुद्ध पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राईले उम्मेद्वारी दिएका हुन् । गठबन्धनको तर्फबाटै प्रदेश १ खोटाङ (क)बाट उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेद्वार विरबलकाजी राईका विरुद्ध कांग्रेस महाधिवेशन प्रतिनिधि सुवाशकुमार पोखरेलले उम्मेद्वारी दिएका छन् ।

julusss
त्यस्तै महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले पनि प्रदेश १ खोटाङ (क) मै उम्मेद्वारी दिएको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । खोटाङ कांग्रेसको जनमत हुदा हुदै पनि केन्द्रले नेकपा एकीकृत समाजवादीको भागमा पारेकाले कांग्रेस जिल्ला समितिले निर्णय गरेरै उम्मेद्वारी दर्ता गराएको पोखरेलले सुनाए । असोज २२ गते काठमाडौंमा उपलब्ध कांग्रेस नेताहरुको भेलाले निर्णय सच्याउ“न सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएको पोखरेलले जनाए । काठमाडौंमा भएको छलफलपछिका निर्णयलाई खोटाङ कांग्रेसले असोज २३ गते अनुमोदन गरेर उम्मेद्वारी दर्ता गरेको हो । प्रदेश १ खोटाङ (ख) मा भने कांग्रेसका भूपेन्द्र राईले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित