थलिएको सडक निर्माण सुचारु गराउ“न डेलिगेसन

  • प्रकाशित मितिः मंसिर १८, २०७५
  • 1412 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर १८–थलिएका सडक निर्माण तत्काल सुरु गर्न स्थानीयले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष मङ्गलबार माग गरेका छन् । सगरमाथा लोकमार्ग अन्तरगत महुरे–गाइघाट सडक र बिजुले–पञ्चेदोबाटो–डल्लेखोला–दिक्तेल सडक लामो समयदेखि निर्माण अबरुद्ध भएकाले तत्काल काम थाल्न प्रजिअ समक्ष माग गरेका हुन् ।
दुबै सडक निर्माण कम्पनीहरुले लामो समयदेखि काम बन्द गरेर बेपत्ता भएकाले सम्वन्धित निर्माण कम्पनीहरुलाई कानुनी कारबाही चलाउ“न समेत माग गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडा अध्यक्ष दिनेश राई, नेकपाका नेता देवविक्रम राई लगायतको नेतृत्वमा प्रजिअको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले बेलामा काम नथाले यसको परिणाम काबुभन्दा बाहिर हुन सक्ने आक्रोश व्यक्त गरेका छन् । प्रजिअ पौडेलले सम्वन्धित निर्माण कम्पनीलाई ताकेता गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित