एमाले नेता विशाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिए

  • प्रकाशित मितिः आश्विन २३, २०७९
  • 297 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
सविना अछामे–
खोटाङ, असोज २३–
एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर असोज २३ गते दिउसो दुई बजे उम्मेद्वारी दिएका हुन् ।
भट्टराई खोटाङबाट यो सहित पा“चौ चोटी चुनाव लड्दै छन् । २०५६ र २०६४ मा हार खेपेका उनले २०७० र २०७४ मा विजयी भएका थिए । सवैभन्दा बढी माओवादीसंग गठबन्धन भएको बेला २०७४ मा कांग्रेसकी सरस्वती बजिमयलाई १४ हजार मतान्तरले पराजित गरेका थिए । त्यत्तिखेर ३७ आठ सय ३७ मत पाएका थिए । २०७० सालमा कांग्रेसकै विष्णुकुमार राईलाई पाच हजार मतको फरकले जितेका थिए । त्यत्ति खेर १६ हजार पाच हजार मत पाएका थिए ।
एमालेले प्रदेशसभा खोटाङ (क) मा पाचकर्ण राईले उम्मेद्वारी दर्ता गरेका छन् । प्रदेशसभा खोटाङ (ख) मा रामप्रसाद दंगालले उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित