नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १७–इटहरीबाट दिक्तेल आउ“दै गरेको सुमो दुर्घटना हुदा चार जना घाइते भएका छन् । प्रदेश १–०२–००१ ज ४०२४ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका–४ च्यास्मिटारको मेखुखोलामा असोज १७ गते दिउसो साडे दुई बजे दुर्घटना भएको हो ।
दुर्घटनामा मोरङ बेलबारी नगरपालिका–११ का ३८ वर्षीय राजकुमार गुरुङ, उनीकी श्रीमती ३१ वर्षीया अन्जु गुरुङ, छोरी ७ वर्षीया निआशा गुरुङ र सुनसरी इटहरी नगरपालिका–२० का ४० वर्षीय विनोद गुरुङ घाइते भएका हुन् । घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले बताए । गाडीमा सडक भन्दा करिब सय मिटर तल झरेको रायले बताए । गाडीमा आठ जना सवार थिए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित