नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १५–काठमाडौंबाट दिक्तेल आउदै गरेका बसमा आगलागी भएको छ । बा ३ ख ८९८१ नम्बरको गुड्दै गरेको बसमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“को कदुवामा असोज १५ गते दिउसो साडे चार बजे आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायका अनुसार गाडीपको इन्जिनमा समस्या आएका कारण आगलाी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बस भने पूर्ण रुपमाले क्षति भएको प्रत्यक्षदर्शी उमेश ढुङ्गानाले बताए । बसमा आगो लागेपछि आफूहरु निस्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जगशेर राईले बताए । ‘बसमा उभिएर, बसेर खचाखच यात्रु थियौं ।’ राईले भने–‘आगो उत्पन्न भएपछि भागभाग भयो ।’ प्रहरीले भने ३७ जना मात्र यात्रु भएको जनाएको छ ।
तस्बिर सौजन्य : उमेश ढुङ्गाना ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित