नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ चुप्लास्थित माल्टे खानेपानी उद्घाटन भएको छ । प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राईले असोज ११ गते उद्घाटन गरेका हुन् ।
प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयको ४३ लाखको लागतमा योजना सम्पन्न भएपछि चुप्लाका ४७ घरधुरी लाभान्वित भएको स्थानीय युगसन राईले बताए । आर्थिक वर्ष २०७८÷०७९ मा ३० लाख र चालु आर्थिक वर्ष १३ लाख बजेट बिनियोजन भएको थियो ।
उक्त खानेपानी योजनाको १० हजार लिटर क्षमताको दुई वटा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । पानी पाएपछि स्थानीय हर्षित बनेका छन् । त्यहा“को खत्रीगाउ“, थापागाउ“ र तल्लो दलित टोलमा प्रदेश सरकारबाट चालु आर्थिक वर्ष १५ लाखको खानेपानी योजना सम्झौता भइसकेको र सुर्के गैरा टोलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ७ लाख बिनियोजन भएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित