खानेपानी योजना सम्पन्न, मन्त्री राईद्वारा उद्घाटन

  • प्रकाशित मितिः आश्विन १२, २०७९
  • 482 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ चुप्लास्थित माल्टे खानेपानी उद्घाटन भएको छ । प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राईले असोज ११ गते उद्घाटन गरेका हुन् ।
प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयको ४३ लाखको लागतमा योजना सम्पन्न भएपछि चुप्लाका ४७ घरधुरी लाभान्वित भएको स्थानीय युगसन राईले बताए । आर्थिक वर्ष २०७८÷०७९ मा ३० लाख र चालु आर्थिक वर्ष १३ लाख बजेट बिनियोजन भएको थियो ।

pasang-dai
उक्त खानेपानी योजनाको १० हजार लिटर क्षमताको दुई वटा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । पानी पाएपछि स्थानीय हर्षित बनेका छन् । त्यहा“को खत्रीगाउ“, थापागाउ“ र तल्लो दलित टोलमा प्रदेश सरकारबाट चालु आर्थिक वर्ष १५ लाखको खानेपानी योजना सम्झौता भइसकेको र सुर्के गैरा टोलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ७ लाख बिनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित