नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १२–ट्याक्टरले किचेर एक पुरुषको असोज ११ गते राती मृत्यु भएको छ । दिक्तेलबाट खार्मी भइरहेको प्रदेश १ २०–००३ त १४९२ नम्बरको ट्याक्टरले किचेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ५३ वर्षीय टेकबहादुर राईको मृत्यु भएको हो ।
दिक्तेलबाट आफ्नै पसलको सामान लिएर जाने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ट्याक्टरबाट खसेपछि त्यही ठाउ“मा चक्काले किचेको प्रहरीले जनाएको छ । सडक भत्किएको ठाउ“मा उक्त घटना भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामवालक रायले बताए । उदयपुर चौदण्डीगढी नगरपालिका–४ घर भएका ट्याक्टर चालक २५ वर्षीय प्रभात राई प्रहरी नियन्त्रणमा छन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । मृतकका आफन्त आएपछि पोष्टमार्टम गरिने प्रहरी निरीक्षक रामवालक रायले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित