चाडबाडमा सावधानी अपनाउ“न प्रजिअको आग्रह

  • प्रकाशित मितिः असोज १०, २०७९
  • 844 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज १०–प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइ“ले चाडबाडमा सावधानी अपनाउन आग्रह गरेका छन् । असोज १० गते जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको दसैं, तिहार र छैठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा त्यसो भनेका हुन् ।
चाडबाडमा मादक पदार्थ सेवन, झैझगडा हुने भएकाले यसतर्फ सावधानी अपनाउन आग्रह गरेका छन् । यसले अप्रिय घटना भए प्रहरी–प्रशासनलाई खबर गर्न समेत प्रजिअ सेडाइले आग्रह गरे । चाडबाडमा भएको अप्रिय घटनाले आउदै गरेको चुनावमा समेत असर गर्ने भएकाले सचेत रहन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि कुलप्रसाद फुयालले चाड–पर्वले सामाजिक सहिष्णुता, जातीय सद्भाव र एकता कायम राखेको बताए । ‘दसैं, तिहार, छैठ लगायतका अन्य चाड–पर्वहरु समान र उत्तिकै महत्वपूर्ण छन् ।’ फुयालले भने–‘यसले हाम्रो सामाजिक अस्तित्व कायम राखेको छ ।’
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, कांग्रेसका दुर्गाप्रसाद घिमिरे, माओवादीका दीपक पाण्डे ‘आकाश’, नेकपा एकीकृत समाजवादीका कमल आचार्य, जनता समाजवादी पार्टीका पीके खम्बु, कर्मचारीको तर्फबाट ध्रुबकुमार कार्की, ग्रैरसरकारी संस्थाहरुको तर्फबाट सूर्यबहादुर राई लगायतले धारणा राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित