साकेला गाउ“पालिकाले शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण ग¥यो

  • प्रकाशित मितिः आश्विन ६, २०७९
  • 368 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ६–साकेला गाउ“पालिकाले शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ । बृद्धबृद्धालाई बंैकमा आएर रकम भुक्तानी गर्न समस्या हुने भएकाले पायक पर्ने ठाउ“मा शिविर मार्फत वितरण सुरु गरेको हो ।
असोज ६ गते उक्त गाउ“पालिका वडा नं–१ बा“झेच्याडाडा“को डाडा“गाउ“स्थित चण्डेश्वरी प्राविमा शिविर सञ्चालन गरिएको साकेला गाउ“पालिका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले बताए । उनका अनुसार ७५ जनालाई लाभग्राहीलाई दश लाख २५ हजार वितरण गरिएको छ । असोज ५ गते पनि बा“झेच्यानडाडा“स्थित वडा कार्यालयमा शिविर सञ्चालन गरिएको थियो । उक्त दिन ८२ जना लाभग्राहीलाई १२ लाख ९२ वितरण गरिएको थियो ।
असोज ४ गतेपछि उक्त पालिकाको वडा नं–५ मात्तिम विर्तामा भएको शिविरमा ९० जना लाभग्राहीलाई १३ लाख २५ हजार वितरण गरिएको चाम्लिङले सुनाए । उक्त पालिकामा बृद्धबृद्धाले नेपाल एसबीआइ बैंक मार्फत सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । ‘शिविरमा गाउ“पालिकाका कर्मचारी र बैंक मेनेजर अशिम इङनाम लिम्बु आफैं सहभागी भएर भुक्तानी गर्दैछौं ।’ चाम्लिङले भने–‘गाउ“मै भत्ता पाएपछि लाभग्राही समेत खुसी हुनु भएको छ ।’
यो त्रैमासिकमा उक्त पालिकाका १३ सय २० जनालाई एक करोड २३ लाख रुपैया“ वितरण गरिने चाम्लिङको भनाई छ । शिविर विभिन्न वडामा छ दिनसम्म सञ्चालन गरिने उनले बताए । शिविर मार्फत सामाजिक सुरक्षा वितरण गर्दा लाभग्राहीलाई सहज हुनुका साथै पारदर्शी पनि हुने गाउ“पालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित