किरात राई यायोक्खा खोटाङले १५ बुदे घोषणापत्र जारी ग¥यो

  • प्रकाशित मितिः असोज ६, २०७९
  • 847 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ असोज ६–किरात राई यायोक्खा खोटाङको नऔ जिल्ला अधिवेशनले १५ बुदे घोषणापत्र जारी गरेको छ । असोज ५ गते अधिवेशन सम्पन्नपछि नव निर्वाचित जिल्ला समितिले असोज ६ गते पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा किरात राईहरुको भाषा, संस्कृति, परम्परा तथा पहिचान जनित स्थानहरु गढी, साकेला, गौडा, ठाटी चौताराजस्ता ठाउ“हरुको संरक्षणलाई निरन्तरता दिने, किरात मुन्दुम, भाषा, संस्कार, संस्कृति, परम्परा र इतिहासका जानकार नक्छो÷नछुङ÷कुवी÷मपा, होसुङ, पासुङ÷तुम्सबुहरुको संरक्षण गर्दै स्थानीय सरकारहरुसंग समन्वय गर्दै अक्षयकोषको माध्यमबाट सेवा सुविधाको व्यवस्था मिलाउन, अध्ययन अनुसन्धानका लागि उत्प्रेरित गर्ने उल्लेख छ ।
किरात राईहरुको बाहुल्यता रहेको स्थानहरुमा सञ्चालित विद्यालयहरुमा त्यसक्षेत्रमा बोलिने मातृभाषाहरुमा अध्ययन, अध्यापन गराउ“ने गर्ने गराउ“ने र माध्यमिक तहसम्म अध्ययन अध्यापनका आधारहरु तयार गरिने उल्लेख छ । किरात राईहरुको सा“स्कृतिक कला, साहित्य, भेषभुषा, खानपानको संरक्षण, सम्बद्र्धन र विकास गर्दै यसलाई पर्यटनसंग जोड्ने भुमिका निर्वाह गरिने उल्लेख छ । किरात राई यायोक्खामा आबद्ध जिम्मेवार व्यक्तिहरुसंगै राईहरुले थरमा राई लेखाउ“न उत्प्रेरित गर्ने, किरात राईका बालबालिकाहरुको नाम आफ्ना मातृभाषाबाट राख्ने अभियान सञ्चालन गर्ने, लैंनसिंह वाङ्देलको प्रतिमा स्थापनासंगै स्मृति पार्क निर्माण गर्न तारुकताका साथ अघि बढ्ने लगायतका विभिन्न बुदाहरु घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित