प्रधानमन्त्रीलाई तरुण दलको ज्ञापनपत्र

  • प्रकाशित मितिः मंसिर 17, 2075
  • 1595 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर १७–बलात्कार, भ्रष्ट्राचार, महङ्गी लगायतका विषय तत्काल अन्त्य लगायतका विभिन्न पा“च सूत्रीय माग राखी तरुण दल खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । दरुण दल खोटाङका अध्यक्ष भीषण राईले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत सोमबार प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हुन् ।
ज्ञापनमा सबै तहमा पाइलैपिच्छे भ्रष्ट्राचार गरिरहेको, महङ्गी, नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरिदमा भ्रष्ट्राचार भएको, निर्मला हत्या प्रकरण चार महिना पुगिसक्दा पनि संलग्न पत्ता नलगाएको, राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद लगायतका विषय जनता र राष्ट्रको हित विपरित भएको भन्दै विधिको शासन प्रदान गर्न माग गरिएको छ । मागप्रति सरकार गम्भिर नरहे आन्दोलित हुने तरुण दलले विज्ञाप्तीमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित