नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङले विभिन्न माग राख्दै गत भदौ २४ गतेदेखि बन्द गरेको सेवा असोज ४ गतेदेखि सुरु गरेको छ । उक्त वडाका जनप्रतिनिधिरुले राखेका माग बारे पूरा सहमतीपछि सेवा सुरु भएको हो ।
नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई र वडाअध्यष सहित जनप्रतिनिधिहरुको छलफलले निकास दिएको हो । उक्त वडाको करारमा रहेको कार्यालय सहयोगी हरिप्रसाद चौहानको म्याद थप्ने, सचिव पठाउ“ने, नगरले हस्तक्षेप गरेका अधिकारहरु वडाबाटै गर्न दिने लगायतको सहमतीपछि वडा कार्यालयको सेवा सुरु गरिएको वडाअध्यक्ष लिलाकुमार चौहानले बताए । उक्त वडाका जनप्रतिनिधिहरुले गत भदौ ३१ गते नगरपालिकाका प्रमुख प्रशासनकीय अधिकृत सुभाकर पौडेललाई चा“बी बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित