सहयोगको याचना

  • प्रकाशित मितिः आश्विन ४, २०७९
  • 526 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज ४–आ“खाको ज्योति गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका १० वर्षीय अजय बर्देवाका आफन्तले सहयोगको याचना गरेका छन् । बर्देवाको आ“खाको नानी फेर्न रकम अभाव भएकाले सहयोगको याचना गरेका हुन् ।
बर्देवाको दुबै आखा ज्योति विहीन छ । भोजपुरको भोजपुर नगरपालिका–६ स्थित पालवा प्राविमा कक्षा २ मा अध्ययनरत बर्देवाको देब्रे आ“खामा साथीले घोचेपछि गुमेको र त्यसको असरले दाहिने आ“खाको ज्योति पनि गुमेको उनका बाबु चन्द्रबहादुर दर्जीले बताए । त्यही आ“खाको नानी फेर्न रकम अभाव भएकाले घर–घर डुलेर गुहार माग्नु परेको दर्जीले बताए ।
बर्देवाको आ“खाको नानी असोजको तेश्रो साता फेर्ने तिलगंगा अस्पतालले समय दिएको दर्जीले सुनाए । श्रीमती कमला दर्जी भने दृष्टिविहीन अजय तीन जना बालबालिका छाडेर असारमा अन्यत्र गएको दर्जीले सुनाए । ‘पैला गयो गएन भन्ने थाहा छैन ।’ दर्जीले भने–‘तर छोराको उपचार गर्दै गर्दा अस्पतालबाटै भागिन् ।’ दर्जीको अजय, आठ वर्षीय विजय र पा“च वर्षीया कृति छन् । दर्जीको बाबु पनि अपाङ्ग छन् । क्यान्सरले उनको एउटा खुट्टा काटिएकोे दर्जीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित