संविधान दिवसको अवसरमा पाच कैदी–बन्दी छुटे

  • प्रकाशित मितिः आश्विन ४, २०७९
  • 335 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ असोज ४–संविधान दिवसको अवसरमा खोटाङ कारागारबाट पाच कैदबन्दी छुटेका छन् । विभिन्न मुद्दामा जेल परेर सजाय भुक्तान गरिरहेका उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय मिनाहा गरेपछि जेल मुक्त भएका हुन् ।
आधा कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीलाई जेल मुक्त गरिएको खोटाङ काराागारका निमित्त प्रमुख सोमप्रसाद आचार्यले बताए । उनका अनुसार कर्तव्य ज्यान मुद्दाका भक्तबहादुर राई, रत्नबहादुर थापा, ज्यान मार्ने उद्योगका धनबहाखुर राई, हातहतियारर मुद्दाका मनकाजी राई र सवारी ज्यान मुद्दाका भविन बस्नेत छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित