नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २–अनुशासन उलङ्घन गर्ने एउटा क्वल र एक टिम क्याप्टेनलाई खोटाङ जिल्ला फुटबल संघले एक वर्षका लागि प्रतिबन्ध गरेको छ । समता फुटबल क्लवले भदौ २५ गतेदेखि असोज १ गतेसम्म दिक्तेलको माटिकारे खेलमैदानमा गरेको फुटबल प्रतियोगिताको सेमिफाइनलमा गालीगलौज र अभद्र व्यवहार गर्ने माटिकोरे युवा क्लवका क्याप्टेन दीपक खत्री र युवा जागरण क्लवलाई एक वर्षका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
युवा जागरण क्लवका अध्यक्ष राजु आचार्य र माटिकोरे युवा क्लवका क्याप्टेन खत्रीले आयोजक, म्याच कमिस्नर र खोटाङ फुटबल संघका पदाधिकारीले पटक–पटक सचेत गराउँदा पनि अटेर गरी गालीगलौज र अभद्र व्यवहार गरेकाले जिल्लामा हुने सम्पूर्ण फुटबल खेलमा एक वर्ष प्रतिवन्ध लगाइएको खोटाङ जिल्ला फुटबल क्लबका अध्यक्ष ध्रुबविक्रम राईले विज्ञप्तीमा उल्लेख गरेका छन् । असोज १ गतेको बैठकले युवा जागरण क्लव र माटिकोरे युवा क्लवका क्याप्टेनलाई प्रतिवन्ध लगाउने निर्णय गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–शिक्षा व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्लास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३—अदालतक�... ... ...
दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटह�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित