नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अपडेट : करातेमा खोटाङले पाच स्वर्ण, एक रजत र एक कास्य जित्यो

  • प्रकाशित मितिः आश्विन 1, 2079
  • 200 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १–धरानमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको करातेमा खोटाङले पाच स्वर्ण जितेको छ । महिला ५५ केजीमा विद्याकला राई, ६१ केजीमा कन्चन नेपाली, ६८ केजी प्लसमा मिसडोना राई, महिला कातामा समिता राई, विद्याकला राई र रोश्मा राईले तथा पुरुष ७५ केजीमा रुरीहाङ दुमीले स्वर्ण जितेका हुन् । त्यस्तै पुरुष ५५ केजीमा सूर्यचन्द्र राईले रजत र महिला ६८ केजी माइनसमा युमासान राईले कास्य जितेकी छन् । अन्य खेल असोज २ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित