नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्लाकी एक बालिका बेपत्ता भएको १३ घण्टापछि सकुशल फेला परेकी छन् । २२ महिनाकी स्नेहा राई हराएको १३ घण्टापछि घरैमुनिको झाडी असाज १ गते विहान फेला परेकी हुन् ।
घरमा कोही नभएको बेला भदौ ३१ गते दिउसो साडे दुई बजेतिर हराएकी थिइन । उनी बिहान साडे आठ बजे घरमुनि करिब साढे दुई किलोमिटरको दूरीमा झाडीभित्र एक्लै बसिरहेको भटिएकी हुन् । उनलाई स्थानीय मिनकला राईले फेला पारेकी हुन् । बालिका हराएपछि आफन्तले प्रहरीमा समेत जानकारी गराएका थिए । उनका बुबा उमेश छिमेकीकामा पितृ कार्यमा गएको र आमा प्रिती ठूली छोरीलाई लिएर विद्यालय गएको बेला हराएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित