हरिबोल आचार्यलाई युवा पत्रकारिता पुरस्कार

  • प्रकाशित मितिः असोज १, २०७९
  • 808 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–

खोटाङ, असोज १–पत्रकार हरिबोल आचार्यले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कृत हुने भएका छन् । प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा आचार्यसहित १४ जना पत्रकार पुरस्कृत हुने भएका हुन् ।

प्रेस काउन्सिल नेपालले जारी गरेको सूचनामा आगामी असोज ६ गते वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिने उल्लेख छ । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गर्ने भएको छ । प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार माधव बिद्रोही, प्रेस काउन्सिल आचार संहिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिने सूचनामा उल्लेख छ ।
प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारी, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार टेकराज थामीलाई प्रदान गरिने सूचनामा उल्लेख छ ।
प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार दामोदर दवाडी, मनोज जोशी, सुरेश धामी, विमल योगी, श्यामनाथ कुवर, भूपराज खड्का, पुस्कर बुढाथोकी, एकराज पाठक, कृष्ण केसी, नकुल अर्याललाई पुरस्कृत गर्ने भएको हो । प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कारबाट सञ्चिता घिमिरे, सरिताश्री ज्ञवाली, रमा केसी र शारदा गैरेलाई पुरस्कृत गर्ने भएको हो ।
त्यस्तै प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट अजय गोर्खाली, प्रवीणकुमार शर्मा, हेमराज राना, सिराज खानलाई पुरस्कृत गर्ने भएको छ । विधागत पत्रकारित पुरस्कार पाउनेमा विजयरत्न तुलाधर, आनन्द श्रेष्ठ, जीवन पराजुली छन् । युवा पत्रकारिता पुरस्कारमा आचार्य लगायत प्रदीप परियार, रविन्द्र काफ्ले, शम्भु दङ्गाल, जीवन लामा, टपेन्द्र कार्की, दशरथ घिमिरे, केशर रोका, मकर श्रेष्ठ, खगेन्द्र भण्डारी, डिबी बुढा, राजेन्द्र धामी, महेश केसी र हिमा चेम्जोङलाई पुरस्कृत गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित