सविना अछामे–
खोटाङ, भदौ ३१–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश स्तरीय प्रतिष्पर्धामा खोटाङका सात जनाले स्वर्ण जितेका छन् । प्रदेश १ का विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदेश स्तरीय प्रतियोगिताको सितोरियो कराते, पौडी र भारत्तोलनमा स्वर्ण जितेका हुन् ।
सितोरियो करातेको महिला ५५ केजी समूहमा विद्याकला राई, महिला ६१ केजीमा कन्चन नेपाली, महिला ६८ केजी प्लसमा मिसडोना राई, महिला महिला का“तामा समिता राई, विद्याकला राई, पौडीमा क्रिस राई र भारत्तोलनमा ज्योति थापाले स्वर्ण पदक जितेकी जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।
१५०० मिटर दौडमा दिर्पा बस्नेतले रजत, ४०० सय मिटर दौडमा इन्दिरा श्रेष्ठले रजत र सटफुटमा गणेश बस्नेत रजत जितेको प्रमुख केसीले बताए । प्रदेश स्तरीय प्रतियोगिताका लागि खोटाङबाट सितोरीयो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्घिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारत्तोलन र सफ्ट टेनिस लगायतको खेलमा एक सय ५८ खेलाडी छनौट भएका थिए । प्रदेशका स्वर्ण विजेताले नवौं राष्ट्रिय खेलकुद प्रतियोगि पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–शिक्षा व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्लास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३—अदालतक�... ... ...
दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटह�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित