वडा अध्यक्ष आफैले वडा कार्यालयमा चाबी लगाएर नगरलाई बुझाए

  • प्रकाशित मितिः भदौ ३१, २०७९
  • 1095 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ ३१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राजनीतिक प्रतिशोधका कारण वडाको अधिकार हस्तक्षेप गरेको भन्दै वडा नं ८ बुवालुङका जनप्रतिनिधिहरुले नगरपालिकालाई भदौ ३१ गते चाबी बुझाएका छन् । वडाको क्षेत्राधिकारभित्र पर्ने काम हस्तक्षेप गरी अन्यत्रैका वडाअध्यक्षबाट कामकाज गरेको भन्दै वडाअध्यक्ष लीलाकुमार चौहान लगायतले प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललाई बुझाएका हुन् ।
वडा कार्यालयमा कर्मचारी नपठाएको, उक्त वडामा सञ्चालन गरिएका योजनाहरुको बजेट नदिएको, वडाको क्षेत्राधिकारभित्र पर्ने काम हस्ताक्षेप गरेको लगायतको माग राख्दै गत भदौ २४ गते आफ्नै कार्यालयमा चाबी लगाएका थिए । त्यही चा“बी एक सातापछि नगरलाई बुझाएको हो ।
नगरउपप्रमुख विसन राईले उक्त वडामा सञ्चालन गरिएका धेरै योजनाहरुमा गुणस्तरहीन काम भएकाले अख्तियारमा उजुरी परेकाले भुक्तानी गर्न नसकिएको बताए । ‘गुणस्तरहीन कामको बारेमा अख्तियारले छानविन गरिरहेको छ ।’ राईले भने–‘त्यसैले निकासा रोकेको मात्र हो ।’ कर्मचारीको सन्दर्भमा भने मिनप्रसाद आचार्यलाई खटाई सकिएको प्रमुख प्रशाकीय अधिकृत पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित