नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ३०–साकेला गाउ“पालिकाका विभिन्न पार्टीका नेता–कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दसै, तिहार तथा छैठ पर्वको अवसरमा भदौ ३० गते काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा कांग्रेस, एकीकृत समाजवादी लगायतका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राई, पोलिट्ब्युरो सदस्य तथा खोटाङ इन्चार्ज समिता कार्की ‘अस्मिता’, केन्द्रीय सदस्यहरु अमेम्बर राई र ध्रब बुढाथोकी ‘धीरेन’, प्रदेश १ समिति उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, प्रदेश सदस्य अर्जुनकुमार खड्का ‘झङ्कार’ लगायतका नेताहरु सहभागी कार्यक्रममा प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा साकेला गाउ“पालिका–२ रतन्छाका सुक्र राई, सुलभ राई, विनोद राई, अजम्बर राई, मिलन राई, पर्वत राई, सागर राई, रुपेश राई लगायतका नेता–कार्यकर्ता प्रवेश गरेको माओवादी युवा नेता दिपेन थुलुङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित