सविना अछामे–
खोटाङ, भदौ २९–राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । भदौ २९ गते जिल्ला समन्वय समितिको हलमा भएको भेलाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वार टुङ्गो लगाएको हो ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ अर्जुन राई, रवीन राई, सर्जु श्रेष्ठ र जगदीश राजभण्डारीको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा समानपातिकमा अर्जुन राई, जगदीश राजभण्डारी, शोभा राई र भरुमाया“ विश्वकर्माको नाम सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए ।
प्रदेशसभा (क) बाट प्रत्यक्षतर्फ गुण राजभण्डारी, सर्जु श्रेष्ठ र मोतिचन्द्र राई सिफारिस गरेको छ । समानुपातिका ललितकुमार राई, विजयकला राई, जगदीश राजभण्डारी, नरबहादुर रम्तेल र तारादेवी श्रेष्ठको नाम सिफारिस भएको छ ।
प्रदेशसभा (ख)बाट प्रत्यक्षमा अर्जुन राई, ललितकुमार राई, तारादेवी श्रेष्ठ र ताराकुमार थापाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा अर्जुन राई, कृष्णकुमारी राई, ताराकुमार थापा, कैलाश भट्टराई र नन्दकिशोर बञ्जरा सिफारिस भएको अध्यक्ष राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ६–ऐसेलुखर्क बजारमा ती�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ४–सामाजिक �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २–सामाजिक �... ... ...
सविना अछामे–खोटाङ, असार १–अस्पतालचौक–दुम्ल�... ... ...
सविना अछामे–खोटाङ, जेठ ३१–दिक्तेलमा यो वर्षको ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित