सविना अछामे–
खोटाङ, भदौ २८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गामा निर्माण सुरु गरिएको आदिवासी जनजाति संग्रहालय भवन खण्डहर बनेको छ । दल संलग्न उपभोक्ता समिति मार्फत १२ वर्षअघि निर्माण सुरु भएको भवन खण्डहर बनेको हो ।
तत्कालीन जिल्ला विकास समितिको आदिवासी जनजाति अन्तरगत बिनियोजन गरिएको १३ लाख ८३ हजार रुपैया“ अनियमितता भएपछि भवन निर्माण अलपत्र परेको थियो । उपभोक्ता समितिका अध्यक्ष जयबहादर राई र कोषाध्यक्ष रामकुमारी राईको हस्ताक्षर किर्ते गरी भवन निर्माणमा संलग्न विष्णुराज राईले बैंकबाट रकम निकासा गरेको भन्दै कोषाध्यक्ष राईले जिल्ला प्रशासन मार्फत अख्तियारमा उजुरी दिएकी थिइन् । राष्ट्रिय वाणिज्य बैंक शाखा दिक्तेलमा रहेको चल्ती हिसाव नम्बर २५८३ को रकम पटक–पटक गरी १३ लाख ८३ हजार रुपैया“ निकालिएको उजुरीमा उल्लेख गरेकी थिइन ।
राईले गुणस्तरहीन भवन निर्माण गरिएकाले आफूले रकम निकासा गर्न नमानेकीले किर्ते हस्ताक्षर गरेर निकासा गरेको बताएकी थिइन् । २०६७ साल ३१ गते दुई लाख ५० हजार, असोज २१ गते तीन लाख, चैत १ गते एक लाख ८० हजार र २० गते ८३ हजार रुपैया“ किर्ते हस्ताक्षरबाट निकालिएको उजुरीमा उल्लेख गरेकी थिइन् । यसबारे जिल्ला प्रशासन मार्फत अख्तियार आयोगमा उजुरी दिएकी हुन् ।
दल संलग्न उपभोक्ता समितिले नै आदिवासी जनजाति भवन खण्डहर बनेपछि पटक–पटक आलोचना हुदै आएको छ । उपभोक्ता समिति अध्यक्षमा कांग्रेसका जयबहादुर राई, उपाध्यक्ष तत्कालीन एमालेका सुरेन्द्रकुमार राई, सचिवमा तत्कालीन माओवादीका दीपेन्द्र राई, कोषाध्यक्षमा कांग्रेसकी रामकुमारी राई थिइन् । सदस्यहरुमा अन्य दलका पनि संलग्न थिए । यसमध्ये निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई र निर्माणमा संलग्न भक्तकर्ण राईको भने मृत्यु भइसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले भने यसबारेमा बुझ्नै पर्ने बताए । ‘यो धेरै वर्ष पहिलेको कुरा हो ।’ भट्टराईले भने–‘यसबारेमा बुझ्नै पर्छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित