सविना अछामे–
खोटाङ, भदौ २७–निमोनियाले सिकिस्त बालकको उपचारका लागि उनका परिवारले सहयोगको याचना गरेका छन् । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ छोरम्बुका रोजन राई र मनिला राईको १६ महिने रेवन राईको उपचारका लागि सहयोगको याजना गरेका हुन् ।
निमोनियाले थलिएपछि रेवनलाई भदौ २६ गते ११ बजे जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौंस्थित कान्ति बालअस्पतालमा भर्ना गरिएको छ । जिल्ला अस्पतालले रेफर गरेपछि उपचारमा लैजान खर्च नहुदा समस्या भएको थियो । नेपाल पत्रकार महासंघ खोटाङ शाखाकी उपाध्यक्ष कृष्णकला राई र सन्जीव राईको पहलमा खर्च जुटाइएपछि उनलाई भदौ २६ गते राती ११ बजेतिर काठमाडौ पठाइएको थियो । जिल्ला अस्पतालको नवजात शिशु रेफरल कोषबाट एम्बुलेन्स खर्च वापत लाग्ने २० हजार रुपैया“मध्ये १५ हजार भाडा छुट गराइएको थियो । जिल्ला अस्पतालले पनि उपचारमा छुट दिएको थियो । कान्ति बालअस्पतालमा भर्ना गरिए पनि उपचारका लागि खर्च नभएपछि सहयोगको याचना गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित