नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं ८ बुवालुङको अधिकार खोसेको भन्दै वडा कार्यालयले दिने सबै खाले सेवा बन्द गरेको जनाएको छ । वडाअध्यक्ष लिलाकुमार चौहानले भदौ २४ गते पत्रकार सम्मेलन गरी वडाले दिने सबैखाले सेवा बन्द गरेको जनाएका हुन् ।
नगरपालिका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विसन राईले फरक पार्टीबाट जितेको वडा भएकाले सेवा प्रवाहमा गतिरोध, विकास निर्माणमा अवरोध, वडा कार्यालयबाट हुने सम्पूर्ण क्रियाकलापमा हस्तक्षेप गरी वडाको अधिकार खोसेको भन्दै वडा कार्यालयले प्रवाह गर्ने सम्पूर्ण सेवा बन्द गरेको उक्त वडाका जनप्रतिनिधिहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । वडाको अधिकार नखोस्ने लिखित प्रतिबद्धता नगरुन्जेलसम्म सेवा सुचारु नगर्ने वडाअध्यक्ष चौहान, वडा सदस्यहरु पदमकुमारी राई, लक्ष्मी कामी, फडेन्द्र श्रेष्ठ र हरिकुमार खत्रीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित