नेकपा मओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि चार जनाको नाम सिफारिस गर्यो

  • प्रकाशित मितिः भदौ २१, २०७९
  • 591 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ २१– नेकपा माओवादी केन्द्र खोटाङले प्रतिनिधिसभाका लागि चार जनाको नाम सिफारिस गर्ने निणर्य गरेको छ । भदौ २१ गते सम्पन्न जिल्लाको बैठकले अनुशासन आयोगका अध्यक्ष टंक राई, पोलिटब्युरो सदस्यहरु रामकुमार राई (पासाङ), समिता कार्की र दुर्गाजयन्ती राईलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
समानुपातिकमा प्रदेश सदस्य टंक तामाङ र जिल्ला समन्वय समिति सदस्य पर्शुराम विश्वकर्मालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
खोटाङ (क) प्रदेशसभा सदस्यमा प्रदेश कमिटी सदस्यहरु जीवन राई (संगीन), हस्तबहादुर राई (आमोद), विकास राई र सीताराम अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
समानुपातिकमा केन्द्रीय सल्लाहकार सदस्य जयप्रसाद आचार्य, प्रदेश सदस्य मनकुमारी रसाइली, ऐसेलखर्क गाउ“पालिका अध्यक्ष अगमसिं राई, प्रदेश विभाग सदस्यहरु बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रसाद राईको नाम सिफारिस गर्ने निर्णय भएको छ ।
खोटाङ (ख) प्रदेशसभा सदस्यमा केन्द्रीय वैकल्पिक सदस्य ध्रुब बुढाथोकी (धिरेन) प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’ र जिल्ला समन्वय समिति अध्यक्ष दीपक पाण्डे ‘आकाश’को नाम सिफारिस गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।
समानुपातिकमा प्रदेश सदस्यहरु निसाना राई, कल्पना चाम्लिङ (सोनिया), विनिता राई( सुशील), केन्द्रीय विभाग सदस्यहरु डा. विष्णु राई, नवल खड्का, गजेन्द्र राई र नरेन्द्र निर्विकारलाई सिफारिस गर्ने निर्णय भएको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित