नमस्ते खोटाङ संवाददाता–
खोटाङ भदौ २०–विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नविन्द्र राईको भदौ १९ गते साझ ज्यान गएको हो ।
बुइपाको छापगाउ“ तीनधारे भन्ने ठाउ“मा विद्युत मर्मत गर्ने क्रममा भदौ १९ गते सा“झ सवा पा“च बजेतिर झ¥याङले हाइटेन्सन लाइन छोएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रोमन अर्यालले बताए ।
भदौ १८ गते साझ पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखाम खोला लघु जलविद्युत आयोजनाको जम्पर जोड्ने क्रममा स्थानीय ३७ वर्षीय प्रकाश राईको करेन्ट लागेरै ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित