नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १९–अलपत्र दिक्तेल–खानीडाडा“–आहाले सडकको काम सुरु गर्न माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालय खोटाङमा स्थानीयले ज्ञापन पत्र बुझाएका छन् । लामो समयदेखि काम अलपत्र पारेको भन्दै उनीहरुले भदौ १९ गते ज्ञापन पत्र बुझाएका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार रुपैया“को लागतमा १० दशमलव ९७४ किलोमिटर कालोपत्रेका लागि २०७६ साल चैत ७ गतेसम्म काम सक्ने गरी याक्थुङहाङ–साप–सिरुवा जेभी निर्माण कम्पनीले २०७५ असोज १ गते संझौता गरे पनि अहिलेसम्म काम अलपत्र पारिएकाले ज्ञापनपत्र बुझाइएको हाटडाडा“ टोल पूर्वाधार विकास तथा व्यवसाय प्रबद्र्धन समितिका अध्यक्ष किसन राईले बताए । उक्त सडकको काम ७५ प्रतिशत मात्र सकिएको निर्माणमा संलग्न खगेन्द्र राईले बताए । आगामी दसैंसम्ममा काम सक्ने राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित