कारागार कारखाना
- प्रकाशित मितिः मंसिर १६, २०७५
- 1144 पटक पढिएको
- संवादताता
सविना अछामे-
खोटाङ, मङ्सिर १६–खोटाङ कारागारका जेलर चित्राखर आचार्यलाई जेलभित्रका कैदीबन्दीहरुलाई भेटने र कुराकानी गर्ने अनुमती माग्यौं । नभन्दै आचार्यले जेलभित्र प्रवेश गराए । प्रवेश गर्नासाथ त्यसभित्रको संसारले हाम्रो मन खिच्यो । जेल सजाय भोग्न दिन बिताउनै सास्ती होला भन्ने धारणा परिवर्तन भयो ।
त्यहा“भित्र त कारखानानै सञ्चालन भएको रहेछ । कसैले ढाका–टोपी, कसैले ढाका–सल, कसैले ढाका–गम्छा बुनिरहेका रहेछन् । अर्को पट्टी कसैले मुढा, कसैले फिपी, कसैले थुम्से, कसैले डालो, कसैले नाङ्लो बुनिरहेका थिए भने कसैले चाहि“ चोया खिप्दै थिए । यसले कारागार सजायका लागि समय बिताउ“ने ठाउ“ मात्र होइन उद्योग सञ्चालन गर्ने थलो रहेछ भन्ने प्रष्टै देखिन्थ्यो ।
विरेन्द्रकुमार श्रेष्ठ (ज्यान केस), टेकबहादुर तामाङ (जबरजस्ती करणी), मानबहादुर कार्की (जबरजस्ती करणी), हर्क मगर (जबरजस्ती करणी), पूर्ण तामाङ (ज्यानकेस), विनय राई (ज्यानकेस), सन्जीव राई (ज्यानकेस), राजन राई (जबरजस्ती करणी) लगायतले कसैले ढाका–टोपी, कसैले ढाका–गलबन्दी, ढाका–सल बुनिरहेका थिए ।
उनीहरुले ढाका–टोपी मात्र मासिक दुई सय उत्पादन गर्ने गरेको जेलर आचार्यले सुनाए । यसबाहेक ढाका–सल, ढाका–गलबन्दी पनि सयको हाराहारीमा उत्पादन गर्ने गरेको आचार्यले जनाए । उनीहरुले उत्पादन गरेको सामग्री काठमाडौं र दिक्तेल बजारमा खपत हुने गरेको आचार्यले बताए । ढाका–टोपी प्रतिगोटा तीन सय र ढाका–सल तथा ढाका–गलबन्दी प्रतिगोटा एक हजार रुपैया“ले विक्री हुने गरेको छ ।
त्यस्तै जय गिरी, होमबहादुर विश्वकर्मा, रोहिणाी कार्की, सरोज राई, प्रेम राई, प्रेम पाण्डले लगायतले चोयाबाट मुढा, डालो, नाङ्लो, फिपी, थुम्से बुनिरहेका थिए । उनीहरुले उत्पादन गरेको सामग्री दिक्तेल बजारमै खपत हुने उनीहरुले बताए । उनीहरुले नाङ्लो करिब एक सय, फिपी एक सय, मुढा एक सयको हाराहारी उत्पादन गर्ने गरेको आचार्यले सुनाए ।
उनका अनुसार डालो प्रतिगोटा दुई सय ५०, फिपी प्रतिगोटा एक सयदेखि तीन सयसम्म र थुम्से प्रतिगोटा छ सय रुपैया“का दरले विक्री गर्ने गरेका छन् । मुढा प्रतिगोटा पा“च सयका दरले विक्री गर्दै आएका छन् । कारागारमा उच्च कोटीको सामग्री उत्पादन हुने हुदा“ बजार पनि राम्रो भएकाले आचार्यले सुनाए । यहा“ उत्पादित सामग्री लिन कारागारमै आउने गरेको आचार्यले सुनाए ।
यहा“ सञ्चालन भएको उद्योगमा कार्यरतहरुले घरखर्च समेत पठाउ“ने गरेको आचार्यले सुनाए । कतिपयले श्रीमती तथा बालबालिकाका लागि कपडा र कपितयले पैसा पठाउ“ने गरेका छन् । कारागारमा रहेकामध्ये ९० प्रतिशतले विभिन्न उद्योग सञ्चालन गरिरहेको जेलर आचार्यले सुनाए । कारागारमा विभिन्न मुद्दाका एक सय एक पुरुष, तीन महिला र दुई नाबालक छन् ।