एमालेमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै आकांक्षीहरुको नाम सिफारिस गर्ने सहमती

  • प्रकाशित मितिः भदौ १९, २०७९
  • 324 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १९–नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका सबै आकांक्षीहरुको नाम सिफारिस गर्ने भएको छ । सहमतीका लागि आकांक्षीहरुले अडान नछाडेपछि सबैको नाम सिफारिस गर्ने भएको हो ।
प्रतिनिधिसभाका लागि एमाले प्रमख सचेतक तथा पोलिटब्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्यहरु खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, प्रदेश कमिटी सदस्यहरु पाचकर्ण राई, राजन ढकाल र देवान राईको नाम सिफारिस गर्ने भएको हो । समानुपातिकतर्फ केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण घले, जिल्ला सचिवालय सदस्य रमेश परियार, जिल्ला कमिटी सदस्य राजकुमारी राईको नाम सिफारिस गरिने भएको एमालेले जनाएको छ ।
प्रदेश (क)को प्रत्यक्षका लागि एमाले जिल्ला उपाध्यक्ष देवविक्रम राई, प्रदेश सल्लाहकार सर्वधन राई, जिल्ला सचिवालय सदस्य लीलानाथ निरौला र जिल्ला सदस्य अनिषा खनालको नाम सिफारिस गर्ने भएको हो । समानुपातिकतर्फ जिल्ला कमिटी सदस्य अडिराम राई, उमा गुरुङ, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई, हिरा वन, सुवाश राई, चन्द्रसिंह बस्नेत र श्यामकुमार पोखरेलको नाम सिफारिस गर्ने भएको छ ।
प्रदेश (ख) मा भने एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गाललाई सर्वसहमतीले उम्मेद्वार बनाउ“ने टुङ्गो भएको छ ।

फाइल फोटो : नमस्ते खोटाङ

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित