खोटाङ कांग्रेसले प्रदेशको उम्मेद्वारको नाम टुङ्यायो

  • प्रकाशित मितिः भदौ १८, २०७९
  • 358 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १८–कांग्रेसले प्रदेशको उम्मेद्वारका लागि नाम सिफारिसको टुङ्गो लगाएको छ । लामो समयको रस्साकसीपछि प्रदेश (क) बाट ८ जना र प्रदेश (ख) बाट छ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
भदौ १६ गतेदेखि साकेला गाउ“पालिकाको मानेभन्ज्याङमा भएको प्रदेश (ख)को बैठकमा टुङ्गो लाग्न नसकेपछि भदौ १८ गते दिक्तेलस्थित वीपी स्मृति भवनमा भएको बैठकले टुङ्गो लगाएको हो । प्रदेश (ख) का लागि प्रत्यक्षतर्फ जिल्ला सभापति विष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शम्भु कार्की र पूर्णबहादुर खड्काको नाम सिफारिस गर्ने सहमती भएको हो ।
प्रदेश (क)का लागि प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिमिल्सेना, इवन राई र गोपाल सैजूको नाम सिफारिस गर्ने सहमती भएको छ । प्रदेश (क)को भने सुक्रबारै आठ जनाको नाम पठाउ“ने सहमती भएको जिल्ला सभापति राईले बताए ।
प्रदेश (क) समानुपातिकमा रोजन राई, दुरेन राई, पेशलकुमार राई, राजनशेर राई, हिरा निरौला, डिल्लीकुमारी आचार्य र देवी राईलाई सिफारिस गर्ने सहमती भएको हो । प्रदेश (ख) समानुपातिकमा शहरमान राई, कमला राई, इच्छुराम राणा, निर्मला ढकाल, बसन्त राई, दीवराज राई, प्रतिक्षा राई, कान्ता केसी बस्नेत, ध्रुवकला राई, सपना राई, निर्मला राई, राजु ढकालको नाम सिफारिस गरिएको राईले बताए । संघका भने केही समयमा टुङ्गो लाग्ने राईले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित