लघु जलविद्युतको भर

  • प्रकाशित मितिः भदौ १६, २०७९
  • 862 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १६–केन्द्रीय प्रसारण लाइनको विस्तार भए पनि जिल्लाका धेरै ठाउ“मा भने लघु जलविद्युत आयोजनाकै भर छ । सस्तो, भरपर्दो र स्थानीयलाई रोजगारीको बन्दोबस्त भएपछि लघु जलविद्युतप्रतिको आकर्षण कायम रहेको हो ।
जन्तेढुङ्गा गाउ“पालिकामा मात्र तीन वटा लघु जलविद्युत आयोजना सञ्चालनमा छ । वडा नं–१ देविस्थान, वडा नं २ बोपुङ र वडा नं ४ डम्बर्खशिवालयमा लघु जलविद्युतको भर छ । देविस्थानस्थित ३३ किलोवाट क्षमताको पञ्चकन्या जलविद्युत आयोजनाले तीन सय घरधुरीलाई पुगेका छ । उक्त आयोजना २०६२ सालमा एक करोड १४ लाख रुपैया“ लागतमा सुरु गरिएको वडाअध्यक्ष केदारमान राईले बताए । 
बोपुङमा १९ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनाले सञ्चालनमा छ । यसले दुई सय घरधुरीलाई पुगेको छ । स्थानीय बुवाहोङ्कु खोला मुहानबाट करिब एक करोडको लागतमा २०७० सालमा सम्पन्न छिन्नामस्ता दोश्रो जलविद्युत आयोजनाले दुई सय घरधुरीलाई पुगेको छ । प्रतिघरधुरी दश हजार पा“च सय र ६५ दिन श्रमदान गरेर विद्युत उत्पादन गरिएको स्थानीय कृष्ण राईले बताए । २०७२ सालको भूकम्पले केही समय बन्द भए पनि मर्मतपछि फेरि सञ्चालन गरिएको स्थानीय नारदमणि राईले बताए ।
त्यस्तै डम्बर्खुशिवालयमा पनि १७ किलोवाटको लघु जलविद्युत आयोजना सञ्चालनमा छ । करिब एक करोड रुपैया“को लागतमा २०६९ सालमा सुरु बुवा खोला लघु जलविद्युत आयोजनाले दुई सय घरधुरीलाई पुगेको स्थानीय पदम राईले बताए । 
खोटेहाङ गाउ“पालिकामा वडा नं ३ सावाकटहरेमा ४३ किलोवाट क्षमताको लघु जलविद्युत सञ्चालनमा छ । स्थानीय र बैकल्पिक उर्जा केन्द्रको करिब तीन करोडको लागतमा दुई सय ७० घरधुरी र चार वटा मिल सञ्चालनमा छन् । उक्त लघु जलविद्युत २०६५ सालबाट सञ्चालनमा आएको स्थानीय श्यामराज राईले बताए । 
त्यस्तै उक्त पालिकाकै वडा नं १ लिकुवापोखरीमा पनि २०७४ सालदेखि लघु जलविद्युत आयोजना सञ्चालनमा छ । बृटिस वेलफेयर सेन्टर ट्रष्ट र स्थानयिको एक करोड ८४ लाख रुपैया“को लागतमा सञ्चालित आयोजनाले दुई सय ८० घरधुरीलाई पुगेको छ । यसबाहेक आठ वटा मिल पनि सञ्चालन गरिएको स्थानीय बलिभद्र राईले बताए । साकेला गाउ“पालिका–३ खिदिमामा पनि १७ किलोवाट क्षमताको विद्युत सञ्चालनमा छ । उक्त विद्युतले त्यहा“का दुई सय ५० घरधुरीलाई पुगेको स्थानीय अर्जुनकुमार खड्काले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा पनि लघु जलविद्युत आयोजना सञ्चालनमा छ । २०७० सालमा दुई करोड ११ रुपैया“को लागतमा सञ्चालित लघु जलविद्युतले यहा“का पा“च सय ६५ घरधुरीलाई पुगेको वडाअध्यक्ष मुगाधन राईले बताए । स्थानीयलाई रोजगारी, केन्द्रीय प्रसारणभन्दा सस्तो र भरपर्दो भएकाले लघु जलविद्युतमै भर परेको स्थानीय अग्निप्रसाद राईले बताए । लघु जलविद्युतको मेसिनरी सामान र कुलो भने घरघरि बिग्रने गरेकाले समस्या आउ“ने गरेको राईको भनाई छ । 
लघु जलविद्युत आयोजनाको क्षेत्रमा गत आर्थिक वर्ष ८५ लाख वितरण गरिएको र यो आर्थिक वर्ष पनि केही बजेट विनियोजन गरिएको खानेपानी सिंचाइ तथा उर्जामन्त्री रामुकुमार राईले बताए । ‘तर यो रकम मेसिनरी सामानमा भने खर्च गर्न पाइदैन ।’ मन्त्री राईले भने–‘कुलो लगायतका अन्यमा खर्च गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित