सम्पदा मासेर धर्मशाला निर्माणको विरोध

  • प्रकाशित मितिः भदौ १४, २०७९
  • 464 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १४–सम्पदा मासेर धर्मशाला निर्माण गरिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकाले विश्वप्रशिद्ध हलेसीको मन्जुश्रीडाडा“लाई क्षति पुग्ने गरी धर्मशाला निर्माण गरेको भन्दै स्थानीयले गुनासो गरेका हुन् ।
बुद्र्धमार्गीका लागि मन्जुश्रीडाडा“ महत्वपूर्ण मानिन्छ । पद्म सम्भवले ध्यान बसेको डाडा“ भएकाले बुद्र्धमार्गीले यसलाई महत्पूर्ण सम्पदाको रुपमा लिन्छन् । उक्त ठाउ“मा धर्मशाला बनाउ“दा सम्पदामा क्षति हुने र वातावरणीय हिसावले पनि उपयुक्त नहुने भन्दै स्थानीयले विरोध गरेका हुन् । धर्मशाला बनाउ“ने नगरको निर्णयपछि २०७८ माघ १९ को सर्वदलीय सर्वपक्षीय भेलाले उक्त ठाउ“मा धर्मशाला बनाउ“न नहुने भन्दै त्यसको विकल्प खोज्न सुझाएको थियो । कित्ता नं १९९ को एक सय एक रोपनी १३ आना एक पैसा तीन दाम भएको उक्त जग्गा सरकारी स्वामित्वमा छ ।
सर्वपक्षीय भेलालाई बेवास्ता गर्दै त्यसै ठाउ“मा धर्मशाला बनाउ“न थालेपछि स्थानीय प्रकाश गिरी र मनोजकुमार गिरीले छुट्टा–छुट्टै समयमा उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा मुद्दा दायर गरेका थिए । प्रकाशले २०७८ फागुन १३ र मनोजकुमारले २०७८ चैत १४ गते मुद्दा दायर गरेका हुन् । महत्वपूर्ण सम्पदा नै सखाप गर्ने गरी धर्मशाला निर्माण गरेकाले मुद्दा दायर गर्नु परेको प्रकाश गिरीले बताए । उक्त मुद्दा विचाराधीन छ ।
नेपाल आयल निगमको दुई करोड र नगरपालिकाको दुई करोड ९६ लाख ८१ हजार छ सय ९० गरी चार करोड ९६ लाख ८१ हजार छ सय ९० रुपैया“को लागतमा धर्मशाला निर्माणाधीन अवस्थामा छ । १८ महिनामा सक्ने गरी अनिल मल्टी कम्पनी जेवीले २०७६ फागुन ३० गते संझौता गरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्यले बताए ।
धर्मशाला निर्माणका लागि रकम उपलब्ध गराउ“ने बारे नेपाल आयल निगमका निगमका कार्यकारी निर्देशक कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र निवर्तमान नगरप्रमुख इवन राईबीच २०७६ कात्तिक १५ गते संझौता भएको थियो । आयल निगमले रकम उपलब्ध गराएपछि नगरले बोलपत्र आह्वान गरी भवन निर्माण थालेको आचार्यले सुनाए । हलेसी क्षेत्रको सम्पदा जोगाउ“नु पर्नेमा स्थानीय सरकार आफैं विनासमा लागेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित