हलेसी तुवाचुङ नगरपालिकाले ऐतिहासिकस्थल मासेर खेल मैदान बनाउ“ने

  • प्रकाशित मितिः भदौ १४, २०७९
  • 967 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १४–हलेसी तुवाचुङ नगरपालिकाले ऐतिहासिक होलेसुङगढीको नजिकै कोटगैह«ामा खेल मैदान बनाउ“ने भएको छ । उक्त ठाउ“ होलेसुङगढीका सेनाहरुको तालिम केन्द्र भएकाले ऐतिहासिक ठाउ“लाई जोगाएर राख्नु पर्नेमा विनास गर्ने नीति पारित गरेकोप्रति दुःख व्यक्त गरेका छन् ।
नगर परिषदबाटै उक्त ठाउ“मा खेल मैदान खन्ने नीतिगत योजना पारित गरेपछि जनप्रतिनिधिको अदूरदर्शी निर्णय पुनर्विचार गर्नु पर्ने स्थानीयको भनाई छ । उक्त ठाउ“मा खेल मैदान खनिएको भन्दै गत वर्ष अख्तियार आयोगमा उजुरी परेको थियो । त्यहा“स्थित चण्डीडाडा“ रावापारि गुर्खा सल्लेनी सामुदायिक वन पर्ने भएकाले यसक्षेत्रको वन समेत सखाप भएको भन्दै उजुरी परेको थियो । उजुरीपछि त्यसक्षेत्रमा बुट्यानहरु मात्र मासिएको प्रतिवेदन डिभिजन वन कार्यालयले बुझाएर विनासमा संलग्नलाई उन्मुक्ति दिएका स्थानीयको गुनासो छ ।
नगरपालिकाका निवर्तमान प्रमुख इवन राईको अध्यक्षतामा २०७८ बैशाख १९ गते बसेको बैठकले कित्ता नं १७ को ५४ रोपनी, १४ आना, एक पैसा, एक दाम क्षेत्रफल रहेको जग्गामा खेल मैदान बनाउ“ने निर्णय गरेको थियो । त्यसैको आधारमा स्थानीय विक्रम राईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी २०७८ असार १३ गतेदेखि एक्साभेटर लगाएर भत्काउ“न थलिएको थियो । त्यसको केहीदिनपछि स्थानीयले अख्तियारमा उजुरी दिएका थिए ।
कानुनी अड्चनका कारण गत वर्ष खेल मैदान खन्न रोकिएको थियो । यो वर्ष भने नगर परिषदबाटै उक्त ठाउ“मा खेल मैदान खन्ने नीतिगत योजना पारित भएपछि यसक्षेत्रको सम्पदा मासिने भएको हो । कानुनी प्रक्रिया पु¥याएर खेल मैदान बनाउ“ने नीतिगत योजना पारित गरिएपछि ऐतिहासिक संरचना भत्किने भएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित