संरक्षणको पर्खाइमा खोटाङगढी

  • प्रकाशित मितिः मंसिर १६, २०७५
  • 1257 पटक पढिएको
  • संवादताता

टंकबहादुर थापा-

राज्यले सबै ऐतिहासिक स्थलहरुलाई समान महत्व दिनु पर्ने हो । तर पूर्वाग्रह र पक्षपाति राज्यको दृष्टिकोणले यस्ता कैयौं महत्वपूर्ण स्थानहरु गुमनाम हुने अवस्थामा पुगेको छ ।

परिचय : नेपालका आदिवासी जनजाति किरात राईहरुको स्वाधीन किरात राज्य रहेको बेला स्थापना गरिएका विभिन्न गढीहरुमध्ये खोटाङ गढी पनि एक हो । यो खोटाङ जिल्लाको पुरानो सदरमुकाममा रहेको खोटाङबजारमा अवस्थित छ । यो गढीको बारेमा व्यवस्थित अध्ययन हुन सकिरहेको छैन । नेपालको पूर्वी क्षेत्रमा रहेको माझ किरातमा पर्ने खोटाङ गढीको बारेमा महत्वपूर्ण जानकारीहरु लिनका लागि सामान्य अवशेषहरु समेत नरहेको अवस्थामा छ । यद्यपि यो लेख तयार पार्न स्थानीय बुढापाका तथा जानकार व्यक्तिहरुसंग सोधपुछ गरी यो सामाग्री तयार पारिएको हो । विगत वर्षहरुमा खोटाङ गढीको बारेमा खासै खोज अनुसन्धान भएको पाइदैन । खोटाङ जिल्लाको पुरानो सदरमुकाम रहेको ठाउ“ र राणाशासनमा प्रशासनिक तथा न्यायिक काम गर्ने इलाका अदालत समेत रहेको ठाउ“को चर्चा गरे पनि ऐतिहासिक खोटाङ गढीको बारेमा उल्लेख्य सामग्रीहरु प्रकाशनमा नआएको पाइएको छ । 
खोटाङगढीको ऐतिहासिक आधार : माझकिरातमा स्थापित विभिन्न गढीहरुको ऐतिहासिक आधार खोज्दै जादा धेरै अगाडिको समयलाई खोतल्नु पर्ने देखिन्छ । इतिहासमा पुराण तथा महाभारत कालमा समेत नेपालमा किरात जनपथ, वा स्वराज्य रहेको प्रमाण भेटिन्छ । ‘कोसी क्षेत्रको पहाडको खण्डमा सातौं शताब्दीदेखि नै किरातीहरुको समूहगत क्षेत्र थियो ।’ (गुरुङ हर्क–२१६) वि.सं. १८२९ को अन्त्यतिर पृथ्वीनारायण साहले माझकिरात जित्नुअघि सेन राज्य अधिनस्थ र स्वशासित क्षेत्रहरुमा किरात राईहरुको शासन चलेको पाइन्छ । वि.सं. १८२९ मा पृथ्वीनारायण साहले माझकिरातमा पठाएको फौजले अरु गढीहरुमा झै खोटाङ गढीमा आक्रमण गरेको थियो । खोटाङ गढीका जानकार सिम्पानीका काशी राईका अनुसार खोटाङ गढीमा चाम्लिङ राई अन्तरगतका ‘खोतेह“छा’ का सन्तानहरु स्थानीय शासकका रुपमा शासन सञ्चालन गर्थे । ‘खोतेह“छा’ चाम्लिङ राईको नामबाट ‘खोतेह“’ हुदै खोतेहाङ र पछि गएर खोटाङ भएको काशी राईको भनाइ छ । खोटाङ गढीका अर्का जानकार उदयपुरका जसबहादुर राईका अनुसार यस क्षेत्रमा ‘खोतेह“छा’ चाम्लिङ राईको बाहुल्यता रहेको थियो । यीनै खोतेह“छाका सन्तानहरुले स्थानीय शासक भइ कति क्षेत्रमा शासन सञ्चालन गर्थे भन्ने ठोस् प्रमाण भेटिदैन । पृथ्वीनारायण साहले खोटाङ गढीमा फौज पठाएपछि स्थानीय दोभासे मार्फत खोटाङ गढीका तत्कालीन किराती शासकलाई आत्मसमर्पण गर्न प्रस्ताव पठाएको तर प्रस्ताव अस्वीकार भएपछि दोहोरो लडाइ भएको स्थानीय बुढापाकाहरूले सुनाउ“दै आएका छन् । (राई काशी–वादलभित्रका ताराहरु २०६३) खोटाङ गढीमा आक्रमणपछि भागेका किरात सेनाहरुलाई सावाखोला नजिक रहेको एउटा टाहारमा मारिएको बुढापाकाहरू बताउ“छन् । त्यो टाहारमा तत्कालीन किरात सेनाहरूलाई तारो हानेर मारिएको त्यतिखेरदेखि नै त्यस ठाउ“लाई ‘राईतार’ भनिएको जानकार काशी राई बताउ“छन् । खोटाङ गढी आक्रमणमा खार्पाका हरिनन्द पाध्यले सघाएको स्थानीय बुढापाकाहरू बताउ“छन् । खोटाङ गढीमा विजय हासिल गरेपछि पृथ्वीनारायण साहले खार्पाका हरिनन्द पाध्यलाई खोटाङको मुसाबारीस्थित खेत विर्ता दिएको पाइन्छ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि १४ कोष दक्षिणमा अवस्थित खोटाङबजारमा राणाकालमा मझुवाथुम, आमचोकथुम, खोटाङथुम, छुलुवारथुम, सावाथुम, दिप्रुङ मार्सेथुम, चुइचुम्माथुम र रतन्छ थुमको मुद्दा हेर्ने गरी अदालत सञ्चालनमा थियो । (हम्रुङ डम्बर, नमस्ते खोटाङ २०६८) खोटाङबारे जानकार काशी राईका अनुसार वि.सं. १९९३ इलाका अदालत स्थापना भएको थियो । राईका अनुसार त्यसअघि नै खोटाङमा गोस्वारा (छोटी अड्डा) स्थापना भइसकेको थियो ।
गढीको भौतिक अवस्था : खोटाङ गढीको उचाइ समुद्र सतहदेखि करिब १२२५ मिटर रहेको छ । खोटाङ गढीको स्थलगत अध्ययन गर्दा अरु गढीहरूमाझैं स्थष्ट संरचना रहेको देखिएन । पूर्व मन्त्री केदार राईका बुवाले भनेको सुन्दै आए अनुसार हालको भगवती–दीनानाथ क्याम्पसको उत्तरपूर्वी डा“डामा गढी रहेको इन्द्रेणीपोखरीका प्रेमकुमार राई बताउ“छन् । स्थलगत अध्ययन गर्दा खोटाङ गढी रहेको ठाउ“मा हाल इलका प्रहरी कार्यालय र नेपाल टेलिकमको टावर बनेको छ । खोटाङको चर्चित टुडिखेल उत्तरको भाग नै गढीको मुख्य क्षेत्र रहेको देखिन्छ । संरक्षणको अभावका कारण र राणाकालपछि बनेको संरचनाहरुका कारण पनि गढीको स्पष्ट आकार कस्तो थियो भनेर एकीन गर्न सकिदैन । टुडिखेल पूर्वको करिव दुई सय मिटर लम्बाइ र सय मिटर चौडाइ रहेको खोटाङ गढीको कुल क्षेत्रफल कति थियो भनेर भन्न सकिने अवस्थामा छैन । टुडिखेलको निर्माण वि.सं. १८२९ पूर्वको किरात कालमा बनेको हो ? वा पछि बनाइएको हो भन्ने यथार्थ सूचना प्राप्त हुन सकेन । भौगोलिक र सामरिक महत्वको हिसावले हेर्दा टुडिखेल रहेको समेत भूभागमा गढीको पूरा क्षेत्र रहेको हुने देखिन्छ । यसरी टुडिखेल समेत जोड्दा डा“डाको वारपार करिब पा“च सय मिटर जतिको क्षेत्रमा गढी रहेको हुन सक्छ । राणशासन अन्त्य गर्न मुक्ति सेनामा नेतृत्व गरेका रामप्रसाद राईले वि.स. २००३–२००६ सम्म तत्कालीन खोटाङका लप्टन भएर कमाण्ड सम्हालेका थिए । रामप्रसाद राई अघिका ओखलढुङ्गाका लप्टन लालबहादुर कार्कीले हाल रहेको गढी भनिएको क्षेत्रलाई आफ्नो नाममा १०९९ तिर बिजन दर्ता गरेको पाएपछि रामप्रसाद राईले सार्वजनिक सम्पत्ति कसरी व्यक्तिको हुन्छ भनि हलोकिलो हटाएका थिए । (राई काशी–वादलभित्रका ताराहरु २०६३) यसरी हेर्दा खोटाङ गढीले संरक्षणको चरम संकट झेलेको देखिन्छ ।
गढीप्रति राज्यको चासो : पृथ्वीनारायण साहको राज्य विस्तारपछि एकात्मक केन्द्रिकृत राज्यसत्ता सञ्चालन भएका कारण किरात राईहरुको इतिहाससंग सम्वन्धित ऐतिहासिक स्थलहरुमा पर्ने विभिन्न गढीहरुको संरक्षणको सट्टा अतिक्रमण भएको पाइन्छ । गढीको कुनै चिनोबानो नराखी नया“ संरचना बनाउ“नुले नेपालकै ऐतिहासिक स्थलमा पर्ने खोटाङ गढी लोप हुने स्थितिमा पुगेको छ । यसरी खोटाङगढीको ऐतिहासिक तथा पुरातात्विक महत्वको ठाउ“ समाप्तिको दिशातिर जानु दुःखको कुरा हो । ऐतिहासिक स्थलको संरक्षण गर्दा पर्यटन तथा पुरातात्विक अध्ययनका लागि सहयोग पुग्ने देखिन्छ । यसप्रति राज्यको ध्यान जान जरुरी छ ।
निष्कर्ष तथा सुझाव : पुरातात्विक तथा ऐतिहासिक महत्वको दृष्टिले खोटाङ गढीको जुन गरिमा हुनु पर्ने हो यसप्रति कसैको चेत खुलेको देखिदैन । ऐतिहासिक स्थलहरु राज्यको सम्पत्ति हुन् । राज्यले सबै ऐतिहासिक स्थलहरुलाई समान महत्व दिनु पर्ने हो । तर पूर्वाग्रह र पक्षपाति राज्यको दृष्टिकोणले यस्ता कैयौं महत्वपूर्ण स्थानहरु गुमनाम हुने अवस्थामा पुगेको छ । त्यसैले खोटाङ गढीको खोज अन्वेषण हुन आवश्यक छ । यसका लागि सरोकारवालाहरूको चेत खुल्न जरुरी छ ।
प्रकाशित मिति २०७५ मङ्सिर १६

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित