जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि अशोक राई र डा. कृष्णकुमार राईको नाम पठाउ“ने निधो ग¥यो

  • प्रकाशित मितिः भदौ १२, २०७९
  • 1980 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १२–जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको निर्वाचनका लागि संघीय परिषद अध्यक्ष अशोक राई र राजनीतिक समिति सदस्य डा. कृष्णकुमार राईको नाम सिफारिस गर्ने निर्णय गरेको छ । भदौ ११ र १२ गते भएको बैठकले यस्तो निर्णय गरेको हो ।
समानुपातिकमा केन्द्रीय कार्यकारिणी सदस्य पर्शुराम बस्नेत, राजनीतिक समिति सदस्य देवराज राई, केन्द्रीय सदस्य तेजमाया“ राई, किरात राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राई र जिल्ला समन्वय समिति सचिव सुनिल चाम्लिङको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश (क) मा प्रत्यक्षमा संघीय परिषद सदस्य राकेश राई, प्रदेश समिति सदस्य नवीन राई, संघीय परिसद सदस्य विवेक राई, केन्द्रीय समाजवादी युवा अध्यक्ष हेमन्त राई र हलेसी तुवाचुङ नगरपालिका अध्यक्ष मविन्द्र राई समानुपातिकतर्फ केन्द्रीय सदस्य तेजमाया“ राई, जिल्ला समिति उपाध्यष नैनबहादुर कटवाल, जिल्ला सल्लाहकार समिति सदस्य बच्चु राई, सल्लाहकार अध्यक्ष कमानसिं राई, जिल्ला सदस्य झुमा पोखरेलको नाम सिफारिस गर्ने निर्णय गरिएको जसपा जिल्ला अध्यक्ष पिके खम्बुले बताए । प्रदेश (ख) प्रत्यक्षमा राजनीतिक समिति सदस्य देवराज राई र किरात राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राईको नाम सिफारिस गर्ने निर्णय भएको खम्बुले बताए । समानुपातिकमा राजनीतिक समिति सदस्य रमेश राई, जिल्ला सदस्य लालबहादुर राई, जिल्ला कोषाध्यक्ष नैनकला राई, विद्यार्थी केन्द्रीय सदस्य रवीन खम्बु र जिल्ला सदस्य चक्रप्रसाद फुयालको नाम परेको खम्बुले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित