नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा राजन राईलाई उम्मेद्वार बनाउ“ने

  • प्रकाशित मितिः भदौ १२, २०७९
  • 432 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ १२–नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी खोटाङले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजन राईलाई उम्मेद्वार बनाउ“ने निर्णय गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री तथा पोलिटव्युरो सदस्य समेत रहेका राई एक जनाको मात्र नाम सिफारिस गर्ने निणर्य गरेको हो ।
प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र सङ्गिता राईको नाम सिफारिस गर्ने निर्णय भएको छ । प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ बीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई(बुइपा), भीम राई (बाम्राङ), विष्णु दाहाल, तेजबहादुर राईको नाम सिफारिस गर्ने निर्णय भएको छ । प्रदेश (क) मा समानुपातिकतर्फ रमिला गुरुङको नाम सिफारिस गर्ने निर्णय भएको छ ।
प्रदेशसभा(ख) मा प्रत्यक्षमा बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री र शम्भु घिमिरेको नाम सिफारिस गर्ने निर्णय भएको छ । समानुपातिकतर्फ अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित