मतदाता नामावली अध्यावधिक गर्न आह्वान

  • प्रकाशित मितिः भदौ १०, २०७९
  • 839 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ १०– जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावली अध्यावधिक तथा दाबी विरोधका लागि आव्हान गरेको छ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगको कार्य तालिका अनुसार मतदाता नामावली अध्यावधिक तथा दाबी विरोधका लागि आहवान गरेको हो ।
आगामी १२ भदौदेखि १९ भदौसम्म मतदाता नामावली अध्यावधिक सम्वन्धी कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यक्रम अनुसार भदौ १२ गते मतदाता नामावली प्रकाशन गर्ने, भदौ १३ गतेदेखि १५ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटी सच्याउ“ने सम्वन्धित कार्यालयमा निवेदन दिन सकिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए एक स्थानमा मात्र कायम गर्न भदौ १२ गतेदेखि १५ गतेसम्म निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
भदौ १३ गतेदेखि १६ गतेसम्म मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउ“न सूचना दिने, भदौ १३ गतेदेखि १६ गतेसम्म बसाई सरी अन्यत्र गएका वा मृत्यु भएका, नागरिकता त्याग गरेका वा नागरिकता रद्घ भएका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्ने, भदौ १३ गतेदेखि १७ गतेसम्म उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने लगायतका कार्यतालिका सार्वजनिक गरिएको छ ।
मतदाता नामावली अध्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ३१ भदौमा अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित