नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुदै

  • प्रकाशित मितिः भदौ ९, २०७९
  • 544 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ भदौ ९–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट एक सय ५८ खेलाडी छनौट हुने भएका छन् । भदौ ५ गतेदेखि विभिन्न स्थानमा छनौट भइरहेको हो ।
१४ विधामा एक ५८ जना खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लिलाभक्त केसीले बताए । उनका अनुसार भलिबल, बुद्घिचाल र एथ्लेटिक्सका खेलाडि छनौट भइसकेको छ । दिक्तेलको माटिकोरस्थित कभर्डहलमा कराते प्रतियोगिता भइरहेको छ ।
फुटबल, ब्याडमिन्टन, टेवलटेनिस, तेक्वान्दो, सफ्ट टेनिस छनोट भदौ १० गतेदेखि सुरु हुने छ । भारत्तोलन, उसु, बक्सिङ, पौडी र शारीरिक सुगठनको छनोट भने सिधै प्रदेशमा हुनेछ ।
जिल्लाबाट करातेमा २९, फुटबलमा ३२, भलिबलमा १८, तेक्वान्दोमा २२ उसुमा १०, एथ्लेटिक्समा २२, ब्यडमिन्टनमा ७, टेबलटेनिसमा ४, बक्सिङमा ३, भारत्तोलनमा २, बुद्घिचालमा ४, पौडीमा २, शारिरिक सुगठनमा १ र सफ्ट टेनिसमा २ जना खेलाडी छनोट हुनेछ ।
छनोट भएका खेलाडीले १६ भदौदेखि ३० भदौसम्म प्रदेश स्तरीय प्रतियोगितामा खेल्नु पर्ने छ । प्रदेशबाट छनोट भएकाले असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित