सविना अछामे–
खोटाङ, भदौ ९–जिल्लाका स्थानीयत तहहरुका वडाअध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । ७९ वटै वडाका वडाध्यक्षहरुलाई तीनदिने अभिमुखीकरण तालिम दिइएको हो ।
भदौ ८ गतेदेखि जिल्ला समन्वय समिति खोटाङको संयोजनमा प्रदेश प्रशिक्षण केन्द्र, स्थानीय शासन सहयोग कार्यक्रम तथा प्रदेश मन्त्रालयको आयोजनामा तालिम दिइएको हो । वर्तमान संवैधानिक र कानुनी प्रावधानको बारेमा जानकारी गराउ“न तालितमको आयोजना गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । तालिम १० गते सकिने छ ।
कार्यक्रमको उद्घाटनमा जिल्ला समन्वय समिति खोटाङ प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका उपप्रमुख सुरेशकुमार तामाङ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई, जिल्ला समन्वय अधिकारी दधिप्रसाद आचार्य समेतको उपस्थिति थियो । नवनिर्वाचित वडाध्यक्षहरुलाई उपसचिव शशि राई, अभय गुप्ता, नवराज कार्की, सन्तोष पोखरेल लगायतले प्रशिक्षण दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित