सविना अछामे–
खोटाङ, साउन ७–खोटाङमा पछिल्लो अवधिमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । २०७७/७८ को तुलनामा २०७८/७९ मा झण्डै दोब्बरले सम्वन्ध विच्छेद गरेका छन् ।
जिल्ला अदालत खोटाङका नायव सुब्बा सोनाम श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ९१ जनाले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकोमा २०७८/७९ मा एक सय ८४ जनाले दायर गरेका छन् । यसमध्ये आर्थिक वर्ष २०७८/८९ मा एक सय ३८ मुद्दा फछ्यौट भएको छ । अन्य ४६ बा“की रहेको श्रेष्ठले बताए । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका ९१ मध्ये ४६ फछ्यौट र ४५ बा“की रहेको थियो ।
अधिकांश मुद्दा खान, लाउन नपाएको, श्रीमान् विदेश हुदा घर परिवारले हेर–विचार नगरेको, श्रीमानसंग मेलमिलाप राम्रो नभएको लगायतका कारण देखाएर दर्ता गरिएको छ । केही मुद्दा मादक पदार्थ सेवन गरी झगडा तथा कुटपिटका कारण पनि दर्ता भएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित