सविना अछामे–
खोटाङ भदौ ५–नागरिकता विधेयक खारेज माग गर्दै मानव अधिकार एलाइन्सले जिल्ला प्रशासन कार्यालय खोटाङ मार्फत भदौ ५ गते ज्ञापन पत्र बुझाएको छ । राष्ट्रपतिद्वारा फिर्ता विधेयकलाई छलफल नगरी प्रक्रियागत ढंगबाट पारित नगरिएको भन्दै त्यसको खारेजीको माग गरेको हो ।
बहुमतको दम्भका आधारमा गठबन्धन सरकारले नेपालको संविधानको उपहास गरेको ज्ञापनमा उल्लेख छ । ज्ञापनमा भनिएको छ–‘संविधानमा नै उल्लेख गरिएका प्रादेशिक पहिचान सहितको नागरिकता, बैवाहिक अंगिकृत नागरिकताको सवाल, आमाको नामबाट नागरिकता लिदा बाबुको पहिचान नभएको सो घोषणा गर्नु पर्ने व्यवस्था र यसले स्वयम आमा र सम्बन्धित बालबालिकाको मौलिक हक, महिलाको प्रजनन् तथा मातृत्वको अधिकारसम्वन्धीको हक, गोपनीयताको हक, सम्मानपूर्वक बाच्न पाउने हकको उलङ्घन हुने ठहर छ ।’ ज्ञापनमा उल्लेख छ–‘यस्तो संवेदनशील विषयलाई लिएर राष्ट्रपतिमाथि नै सस्तो टिकाटिप्पणी, भोट बैंकको राजनीतिले ग्रस्त गठबन्धनको निष्कर्षलाई सबैले अर्थपूर्ण रुपमा हेर्नु पर्ने भएको छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित